ओखलढुंगा, २ वैशाख । नयाँ वर्ष मनाउने आ- आफ्नै तरिका हुन्छन् । कसैले घुमेर, कसैले नयाँ काम थालेर र कसैले वनभोजजस्ता रमाइला कार्यक्रम गरेर मनाउँछन् । ओखलढुंगामा भने राजनीतिक दलका नेता, सामाजिक अभियान्ता र प्रशासकहरुले भने नयाँ वर्षमा सामाजिक कामको थालनी गरेर मनाएका छन् ।
नयाँ वर्षमा नयाँ कामको रुपमा १५ वर्षदेखि प्रयास थालिएको रक्तसंचार केन्द्र स्थापना तथा उद्घाटनमा रेडक्रसकर्मी तथा पत्रकार जुटे । शुभारम्भ सभाषद् तथा एमाले नेता यज्ञराज सुनुवार, प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुख निजामति कर्मचारी सहभागी भए ।
नेपाल रेडक्रस सोसाइटी ओखलढुंगाले संचालन गर्ने सामुदायिक अस्पताल ओखलढुंगामा ३० पिन्ट रगत भण्डारण गर्न सकिने ब्लड बैंक एमाले सभाषद् सुनुवार र प्रजिअ भट्टराईले उद्घाटन गरे ।
सामाजिक काम अन्र्तगत नै नेकपा एमाले जिल्ला कमिटी ओखलढुंगाले नयाँ वर्षको अवसरमा ओखलढुंगा सामुदायिक अस्पतालका विरामीहरुलाई स्वास्थ्य लाभको कामना गर्दै फलफूल वितरण गरेको छ ।
नयाँ वर्षमा सामाजिक काम गरेर मनाउने प्रचलन जिल्लामा पनि सुरु भएको छ । यस पालिको अभियानमा एमाले बैकल्पिक केन्द्रिय सदस्य किशोर अधिकारी, लेखा आयोगका सदस्य शंकर कार्की, जिल्ला संयोजक मोहन श्रेष्ठ, नानीबाबु बुढाथोकी लगायतका नेताहरु सहभागी बने । यसरी नै सबै नेताहरुले नयाँ वर्षमा अठोट गरेर संविधान बनाउन सकुन् ।

















प्रतिक्रिया