
काठमाडौँ, १८ पुस । पाल्पामा मलामी चढेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
बुटवलबाट मलामी बोकेर रिडि जाँदै गरेकोलु २ ख ७२७९ नम्बरको बस तानसेन–रिडी सडक खण्डअन्तर्गत पाल्पाको रिब्दिकोट–२ लगुवामा आइतबार बिहान ११ बजेतिर दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको हो । त्यस्तै, १० जना घाइते भएका छन् ।
बुटवल ११ बुद्धनगरका बीरबहादुर विकको शवको अन्त्येष्टिका लागि ३६ जना जना मलामी बोकेर हिँडेको बस सडकबाट करिब डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा बुटवल बुद्धनगरका लालबहादुर विक, पशुपति रसाइली र विजय थापा क्षेत्रीको खनाखत भएको छ भने अन्यको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा १० जना घाइतेहरुको उपचार भइरहेको छ ।












प्रतिक्रिया