
काठमाडौँ, १८ पुस । नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक सोमबार बस्ने भएको छ ।
बैठक केन्द्रीय कार्यालय सानेपामा सोमवार दिउँसो २ बजे बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।
कार्यसमितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई बैठकमा उपस्थितिका लागि निर्देशन गरिएको छ ।
शभापति शेरबहादुर देउवाले १३ जना नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनयन गरेसँगै काँग्रेसमा केन्द्रीय समिति सदस्यको संख्या १४८ जना पुगेको छ ।
विधानमा १६८ जना केन्द्रीय सदस्य हुने भनिएकाले मनोनयन अझै बाँकी रहेको बताइएको छ ।












प्रतिक्रिया