काठमाडौं । कानुन पत्रकारको संस्था ‘संबैधानिक तथा न्यायिक पत्रकार मञ्च’को अध्यक्षमा राजधानी दैनिकका डिल्ली आचार्य निर्वाचित भएका छन् ।
मञ्चको बिहीवार सम्पन्न साधारणसभाले आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । मञ्चको उपाध्यक्षमा नेपाल साप्ताहिकका रामवहादुर रावल, महासचिवमा कान्तिपुर दैनिकका घनश्याम खड्का चयन भएका छन् । त्यसैगरी, सचिवमा नयाँ पत्रिका दैनिकका नारायण काफ्ले, कोषाध्यक्षमा नागरिक दैनिकका दुर्गा दुलाल चयन भएका छन् । साधारणसभावाट रिपब्लिका दैनिकका नविन खतिवडा, काठमाडौ पोष्टका भद्र शर्मा, अन्नपूर्ण पोष्टका दीपक खरेल र कारोवार दैनिकका जगन्नाथ दुलाल सदस्यमा चयन भएका छन् ।
मञ्चको साधारणसभामा शुभकामना मन्तव्य दिदै पूर्व अध्यक्षहरु वालकृष्ण वस्नेत, अनन्तराज लुइटेल, विकास भट्टराई र यम विरहीले न्यायालय र प्रेसको सम्वन्ध सुमधुर बनाउन मञ्चले महत्वपूर्ण भुमिका खेल्ने बेला भएको वताए । नवनिर्वाचित अध्यक्ष आचार्यले आगामी दिनमा जिल्ला र क्षेत्रस्तरमा कानुनी पत्रकारिताबारे प्रशिक्षणमुलक कार्यक्रम संचालन गर्ने र कानुनी क्षेत्रमा लेख्ने पत्रकारको क्षमता अभिवृद्धिका लािग काम गर्ने प्रतिवद्धता जनाए ।














प्रतिक्रिया