
काठमाडौं, १८ पुस । गायक प्रवेश राईको सुमधुर स्वरमा सजिएको गीत ‘अनलाइन’ म्युजिक भिडियोसहित सार्वजनिक भएको छ ।
अमेरिकामा बस्दै आएका गायक राईले अङ्ग्रेजी नयाँ वर्ष २०२२ को कोसेलीस्वरूप यो गीत ल्याएका हुन् । यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायकको छ ।
गीतलाई जीआर उप्रेतीले संगीत संयोजन गरेका हुन् । आजको युवा पुस्तामा फेसबुकमार्फत व्यक्त गर्ने प्रेम र भावनालाई गीतमा व्यक्त गरिएको छ । अनलाइनमा भएकी प्रेमिकाले म्यासेजमा जवाफ नफ़र्काउँदाको बेखुशी भिडियोमा प्रस्तुत गरिएको छ ।
म्युजिक भिडियोमा गायक प्रवेश राई, श्रीजना भुजेल र बादल मगरको अभिनय छ । भिम लामिछानेले छायाँकन गरेको भिडियोलाई राजेश शाहले सम्पादन गरेका हुन् । प्रवेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको डियोलाई ओएसआर डिजिटलको आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो ।















प्रतिक्रिया