९ कार्तिक २०८३, सोमबार

तासको खालबाट सरकारी अधिकारी, कांग्रेस नेता र वडा अध्यक्ष पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १८ पुस । एक जना सरकारी अधिकारी, कांग्रेस नेता र वडा अध्यक्षसहितका व्यक्तिहरू तासको खालबाट पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा जाजरकोटको भेरी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्ती, नेपाली कांग्रेस भेरी नगरपालिकाका सभापति शशी बुढालगायत केही वडाध्यक्षहरू रहेको प्रहरीले बताएको छ । उनीहरू सबैलाई आज आइतबार बिहान पक्राउ गरेको प्रहरीको भनाइ छ ।

सदरमुकामस्थित गैराखालीको एक घरबाट उनीहरुलाई पक्राउ गरिएको हो । तासको खालबाट दुई लाख रुपैयाँ बरामद गरिएको पनि प्रहरीले बताएको छ ।

पक्राउ पर्ने सम्पूर्ण व्यक्तिहरूको औपचारिक विवरण सार्वजनिक गर्ने प्रहरीको तयारी छ ।