१९ कार्तिक २०८३, बिहिबार

माओवादीमा निर्वाचन हुने, मतदाता नामावली प्रकाशित

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय निर्वाचन आयोगले मतदाताको नामावली सार्वजनिक गरेको छ ।

आठौँ महाधिवेशन अन्तर्गत प्रकाशित नामावलीमा १ हजार ७४२ जनाको सूची रहेको छ ।

विधानमा माओवादीले १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव गरेको छ । ​माओवादीले सहमतिमै नेतृत्व प्रयास गरिरहेको छ । ​माओवादीले सहमतिबाटै नेतृत्व चयनका लागि शनिबार साँझ ५ बजेसम्मको समय दिइएको थियो ।

निर्वाचन आयोगले मतदाता नामवली प्रकाशित गरेपछि नेतृत्वका लागि मतदान हुने भएको हो । आयोगले निर्वाचनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।