
काठमाडौं, १७ पुस । प्रधानसेनापति प्रभुराम शर्मा भारत जाने भएका छन् ।
उनी स्वास्थ्य परीक्षणका लागि भारत जान लागेको नेपाली सेनाले जनाएको छ । त्यसका लागि मन्त्रिपरिषद्को पुस १५ गते बसेको बैठकले उनको विदा स्वीकृत गरेको थियो ।
मन्त्रिपरिषद्ले शर्माका लागि पुस १८ गतेदेखि ३० गतेसम्मको बिदा स्वीकृत गरेको नेपाली सेनाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शर्माको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कायममुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्ने भएका छन् ।















प्रतिक्रिया