१९ कार्तिक २०८३, बिहिबार

गोरखामा मिनि ट्रक दुर्घटना हुँदा ३ जनाको मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । गोरखामा भएको मिनि ट्रक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

शुक्रबार धार्चे गाउँपालिका–५ माछाखोला नजिकै दुर्घटनामा चालक धादिङ जिल्लाका निराजन नेपाल, ट्रकमा सवार दिपक परियार र दुई वर्षीया बालिका सपना गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेपाल र परियारको घटनास्थलमै मृत्यु भएको र बालिकाको भने उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका आशमान गुरुङ, अस्मिता गुरुङ, सरानी गुरुङलाई थप उपचारका लागि प्रभु एयरको हेलिकप्टरबाट काठमाडौँको शिक्षण अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

आरुघाटबाट रड र सिमेन्ट लिएर माछाखोला जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको मिनि ट्रक सडकबाट एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।