
काठमाडौँ, १६ पुस । नेपालको वैकल्पिक राजनीतिको नेतृत्व गरिरहेको बताउने विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेटवार्ता गरेका छन् ।
उनले पार्टी एकताका लागि प्रस्ताव गरेको बुझिएको छ । यता आफ्नो पार्टी फुटाउने, पार्टीका नेताहरुलाई कारवाही गर्नेदेखि निस्कन बाध्य तुल्याउने मिश्रलाई अन्य पार्टीको साथ चाहिएको छ ।
शुक्रबार अध्यक्ष लिङ्देन महामन्त्री डा धवलशमशेर राणालाइ मिश्रले भेटवार्ता गरेको तस्वीर सामािजक सञ्जालमा पाेष्ट गरेका छन् ।
‘आज बिहान चियासँगै राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेन तथा महामन्त्री धवलशमशेर राणासँग राजनीति, समाज र यो देशको भविष्यबारे चिन्तापूर्ण तर आशाजनक संवाद भयो । दुबैप्रति आभारी छु,’ मिश्रले लेखेका छन् ।
मिश्रले केही महिनाअघि ‘विचारभन्दा माथि देश’ भन्ने राजनीतिक दस्तावेज सार्वजनिक गरेका थिए । जसमा हिन्दु राज्य तथा राजसंस्थाको वकालत गरिएको छ । जसअनुसार राप्रपासँग विचार मिल्ने भएकाले एकताबारे प्रस्ताव गरिएको बुझिएको छ ।












प्रतिक्रिया