३ कार्तिक २०८३, मंगलबार

भारतको बिहारसहित २२ राज्यमा फैलियो ओमिक्रोन संक्रमण

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १६ पुस । भारतको २२ राज्यमा कोभिड–१९ को ओमिक्रोन भेरियन्ट फैलिएको छ ।

शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण देखिएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।

त्यस्तै, शुक्रबार भारतमा पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमण देखिएको भारतीय समाचार माध्यमले जनाएका छन् । योसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ ।

जसमध्ये सबैभन्दा धेरै २६३ जना दिल्लीमा, दोस्रो महाराष्ट्रमा २५२ जनामा ओमिक्रोनका संक्रमण भएको छ ।

बिहारमा हालसालै दिल्लीबाट आएका एक जनामा संक्रमण देखिएको हो ।

बिहार नेपालसँग जोडिएको राज्य हो । बिहारमा संक्रमण हुनुले नेपालमा जोखिम बढाउने विज्ञहरु बताउँछन् ।