
प्युठान, १५ पुस । नेकपा एमाले नौबहिनी गाउँपालिका प्यूठानको विस्तारित बैठक तथा प्रशिक्षण आज बाहनेमा सम्पन्न भएको छ ।
कार्यक्रममा पार्टीको दशौँ महाधिवेशनको सन्देश, राष्ट्रिय राजनीतिमा नेकपा एमालेको भूमिका र जिल्लाको शक्ति सन्तुलन बारेमा उत्साहजनक उपस्थितिमा स्पष्ट गरिएको छ ।
पार्टी स्थायी कमिटी सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला ईन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज हरि रिजाल, प्रदेश कमिटी सदस्य अजय सिंह र जिल्ला कमिटी सदस्य डिलबहादुर थापा लगायतले विषयगत प्रशिक्षण दिएका थिए ।
गाउँपालिका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा सचिव दलराज पुनले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष लालबहादुर घर्तीले स्वागत गरे ।












प्रतिक्रिया