काठमाडौं, २ वैशाख । अमेरिकी राष्ट्रपति बाराक ओबामामाथि बम आक्रमण ह्वाइट हाउस छिर्ने तयारीमा रहेका दुई नेपाली अमेरिकामा पक्राउ परेका छन् ।
आफुलाई अलकायदाको सदस्य बताउँदै अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउसमा बम पड्काउने चेतावनी दिएका २८ वर्षीय गुरु धिमाल र ६७ वर्षीय भगिरथ कोइरालालाई प्रहरीले मंगलबार पक्राउ गरेको अमेरिकन समाचार संस्था वाशिङ्गटन पोष्टले सार्वजनिक गरेको छ ।
गुरु धिमालले गत शुक्रबार अमेरिकाको इर्मेजेन्सी नम्बर ९११ मा फोन गरी आफू अलकायदाको सदस्य भन्दै राष्ट्रपति निवास ह्वाईट हाउसमा आक्रमण गरी ओबामाको हत्या गर्ने चेतावनी दिएका थिए ।
प्रहरीका अनुसार उनले भनेका छन्-‘म अलकायदाको सदस्य हुँ । हामीले ह्वाइट हाउसमा बम बिष्फोट गराउने तयारी गरिरहेका छौं ।’
यो खबरपछि प्रहरीले बम कहाँ छ भनि सोध्दा उनले आफुसँग बम नरहेपनि न्यूयोर्कमा रहेका आफ्ना साथीहरुसँग बम रहेको र मे १ तारिखमा वासिङ्टनमा बम पड्काउने तयारी भइरहेको बताएका थिए ।
यस्तो खबर आएपछि आतंक फैलाएको अभियोगमा प्रहरीले धिमाल र उनका काका भगिरथ कोइरालालाई शनिवार घरबाटै पक्राउ गरेको हो ।
गत सोमबार अदालतमा पेश गरिएका उनीहरुलाई रिहाईका लागि अमेरिकी कानुन अनुसार २५ हजार डलर धरौटी माग गरिएको छ । परिवारका अनुसार धिमालले यस्तो काम कहिल्यै नगरेकाले प्रहरीले उनको मानसिक अबस्थाबारे परिक्षण गर्ने जनाइएको छ ।















प्रतिक्रिया