१९ कार्तिक २०८३, बिहिबार

माओवादी महाधिवेशनः समूहगत छलफलमा के-के हुँदैछ ?

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ पुस । नेकपा (माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशनको पाँचौँ दिन तथा बन्द सत्रको चौथो दिनको कार्यक्रम बिहीबार बिहानबाट सुरु भएको छ ।

बन्द सत्र विहान ११ बजेबाट सुरु भएको हो । अध्यक्ष मण्डलकी सदस्य पूर्णाकुमारी सुवेदीले बन्द सत्र सञ्चालन गरिरहेकी छन् ।

महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डबाट प्रस्तुत वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथि समूहगत छलफलको निष्कर्षहरु प्रस्तुत गर्ने कार्यक्रमअन्तर्गत अहिलेसम्म पाँचवटा समूहका प्रमुखहरुले सुझाव पेश गरिरहेका छन् ।

आजको बन्द सत्रमा सबैभन्दा पहिले सम्पर्क मञ्च प्रदेश कमिटीको तर्फबाट कृष्ण अधिकारीले समूहको प्रस्तुति राखे । सल्लाहकारहरुको समूह क को तर्फबाट चित्रबहादुर श्रेष्ठ, समूह १३ कर्णाली प्रदेशको तर्फबाट गोपाल शर्मा, उपत्यका विशेष प्रदेश समूहको तर्फबाट समूह प्रमुख जगत सिंखडा र समूह १६ सुदूरपश्चिम प्रदेशको तर्फबाट समूह प्रमुख मानबहादुर धामीले आफ्नो समूहको प्रस्तुति राखेका छन् ।

यसैगरी समूह नं. २२ बागमती प्रदेशको तर्फबाट इन्द्रबहादुर थिंग छिन्तांग, समूह नं. ११ गण्डकी प्रदेशको तर्फबाट देबेन्द्र पराजुली, ज्येष्ठ कम्युनिष्ट मञ्चको समूहका तर्फबाट नन्दकुमार प्रसाई र समूह नं. ८ लुम्बिनी प्रदेशको तर्फबाट सुदर्शन बराल मगरले दस्तावेज र विधान मस्यौदामाथिको छलफलको निष्कर्ष प्रस्तुत गरेका छन् ।

महाधिवेशनको बन्द सत्रमा बुधबारबाट समूहगत प्रस्तुति राख्ने कार्यक्रम सुरु भएको थियो । वुधबार साँझसम्म ११ वटा समूहले प्रस्तुति राखेका थिए । दिउँसो २ बजेसम्म ९ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरिसकेका छन् । अब ५ वटा समूहको प्रस्तुति बाँकी छ ।