
काठमाडौँ, १५ पुस । बिहीबार गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाएका छन् ।
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वको रुपमा तमु ल्होसार मनाउने गर्छन् ।
पर्वका अवसरमा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् केन्द्रीय समितिले काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
काठमाडौँ उपत्यकामा बस्ने तमु (गुरुङ) समुदायका व्यक्तिहरू आफ्नो वेषभूषा र झाँकीसहित टुँडिखेलमा उपस्थित भएका छन् ।
सरकारले आजको दिन सार्वजनिक विदा दिएको छ ।












प्रतिक्रिया