
हेटौंडा, १५ पुस । नेकपा माओवादी केन्द्र हेटौंडा–८ का दुई दर्जन नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
मंगलबार हेटौंडाको नेकपा एमाले पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमबीच माओवादी केन्द्रका जिल्ला सदस्यहरुसहित स्थानीत तहमा वडा अध्यक्षका उम्मेदवार, वाईसीएल नेपालका जिल्ला सदस्यसहित माओवादी केकेन्द्र वडा नंबर ८ वडा कमिटीका सदस्यहरु एमाले प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्नेहरुमा माओवादी केन्द्रका जिल्ला सदस्य तथा वडा अध्यक्षका उम्मेदवार धर्मराज पुडासैनी, जिल्ला सदस्य परमानन्द मिश्र, माओवादी केन्द्रका नगरकमिटी सदस्य सादुराम राउत, होमनाथ खनाल, माओवादी केन्द्र हेटौँडा ८ का वडा सचिव सुजन कार्की छन् ।
त्यस्तै वडा कमिटी सदस्यहरू साधुराम ग्यावा, सुर्य खनाल, रिता अधिकारी, वाईसीयल जिल्ला सदस्य विराज गौतम, सन्तोष डंगोल लक्षु उप्रेती, अमृत डिडमडुम, प्रदिप मिश्रलगायतकाले पनि माओवादी केन्द्र छोडेर एमालेमा प्रवेश गरेका छन् ।
प्रवेश गर्नेहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर इन्चार्ज रामेश्वर राना, केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल सहितका टोलीले एमालेमा स्वागत गरेका थिए । पार्टी प्रवेश पश्चात बोल्दै पुडासैनीले समृद्ध नेपाल निर्माणको अगुवाई एमालेले गर्ने ठानेर आफुहरु एमालेमा समाहित भएको बताए ।
एमालेको वर्तमान नेतृत्वले देशलाई समृद्धितर्फ लैजाने विश्वास भएर आफुहरु एमालेमा प्रवेश गरेको र एमालेको विभिन्न कमिटीमा रहेर काम गर्ने समेत बताएका छन् ।















प्रतिक्रिया