
लुम्बिनी, १४ मंसिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्बीसुब्बा गुरुङले पार्टी बलियो हुन जनवर्गीय सङ्गठन प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनीमा हिजो मंगलबार शुरू भएको प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै चौतारीका इञ्चार्ज समेत रहेका प्रचार विभाग प्रमुख गुरुङले एमालेका अन्य संगठनभन्दा प्रेस चौतारी अब्बल हुनुपर्ने धारणा व्यक्त गरेका हुन् ।
‘वर्तमान अवस्थामा प्रेस जगतको भूमिका महत्वपूर्ण छ । त्यसमाथि प्रेस चौतारी नेपाल सबै संगठनको मार्गनिर्देशक र सहयोगी बन्नुपर्छ,’ इञ्चार्ज गुरुङले भने ।















प्रतिक्रिया