१० कार्तिक २०८३, मंगलबार

राज्यले सुम्पिएको दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्नुपर्छ : महानिरीक्षक थापा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १४ पुस । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाको मंगलबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताएका हुन् ।

निर्देशनको क्रममा उनले हरेक प्रहरी कर्मचारीले आपसमा भाइचारा सम्बन्धको विकास गर्नुपर्ने बताएका छन् । प्रहरी कर्मचारीहरूले आ–आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने उल्लेख गर्दै उनले भने, ‘संगठनको छवि प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्योे त्यति संगठनको छवि राम्रो हुन्छ ।’

महिला बालबालिका तथा ज्येष्ठ नागरिकहरूलाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिँदै प्रहरीसँग सम्बन्धित हरेक कामको सुनुवाई राम्रोसँग गर्नुपर्ने उनले बताएका छन् ।

प्रहरी कर्मचारीले आफ्नो कार्यालय र परिवारलाई सँगसँगै व्यवस्थापन गर्नुपर्ने चर्चा गर्दै थापाले भने, ‘जसले परिवारलाई राम्रो व्यवस्थापन गर्न सक्छ उसले कार्यालयको व्यवस्थापन पनि राम्रो गर्न सक्छ ।’
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणमा केन्द्रीत भई काम गर्नुपर्ने उल्लेख गर्दै हिरासतमा भएका थुनुवाहरूको सुरक्षामा समेत ध्यान दिनुपर्ने बताएका छन् ।