१९ कार्तिक २०८३, बिहिबार

सर्लाहीमा तनाव भएपछि निषेधाज्ञा जारी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १३ पुस । सर्लाहीमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रहरीको गाडीको ठक्करबाट स्थानीयको मृत्युका कारण तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयले सर्लाहीको ईश्वरपुरमा निषेधाज्ञा जारी गरेको हो ।

कार्यालयले मंगलबार दिउँसो ३ बजेदेखि वुधबार राति ७ बजेसम्मका लागि निषेधाज्ञाको आदेश जारी गरेको हो । उल्लेखित अवधिभर घरबाट हिँडडुल गर्न रोक लगाइएको छ ।

इलाका प्रहरी कार्यालय केशरजंगबाट पूर्व ईश्वरपुर नगरपालिकाको वडा नम्बर ४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुरको वडा नम्बर ८ रामपुर टोलसम्म निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय केशरजंगबाट उत्तर ईश्वरपुर नगरपालिकाको वडा नम्बर ५ सखुबानी टोलसम्म तथा दक्षिणमा वडा नम्बर ९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

आइतबार राती इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले ना. ४३ प ५०१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियो । त्यसपछि स्थानीय वासिन्दाले लगातार प्रदर्शन गर्दै आएका छन् । सोमबार स्थानीय वासिन्दाले प्रहरीको गाडीसमेत जलाइदिएका थिए ।