
काठमाडौं, १३ पुस । प्रधानसेनापति प्रभुराम शर्माले सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
केसी र शर्मालाई पुस ८ गते बसेको मन्त्रिपरिषद्को बैठकले बढुवा गरेको थियो । बैठकले उपरथी दर्जामा सहायक रथी प्रदिपजंग केसी र सहायक रथी योगराज शर्मालाई पदोन्नती गरेको थियो ।
उनीहरूलाई प्रधानसेनापति शर्माले हिजो सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
उपरथी दर्जामा पदोन्नती भएका उपरथी प्रदिपजंग केसीलाई श्री सैनिक ईन्टेलिजेन्स कोरमा नियुक्ति गरिएको छ भने उपरथी योगराज शर्मालाई श्री उपत्यका कमाण्ड हेडक्वार्टरकमाण्ड सेनापतिमा नियुक्ति गरिएको छ ।
साथै, मन्त्री परिषद्को सोही निर्णयबमोजिम सहायक रथी दर्जामा पदोन्नति भएका सातजनामध्ये चारजना महा–सेनानीहरुलाई प्रधान सेनापति शर्माले सोही कार्यक्रममा सहायक रथी दर्जाको दर्ज्यानी चिह्न समेत प्रदान गरेका छन् ।















प्रतिक्रिया