९ कार्तिक २०८३, सोमबार

प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न २५ वटा समूह निर्माण

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि आजदेखि समूहगत छलफल हुँदैछ ।

४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमाथिको छलफलका लागि २५ वटा समूह निर्माण गरिएको छ । बन्द सत्रमा पार्टी अध्यक्ष प्रचण्डले हिजो ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकमा ४५ पृष्ठ लामो वैचारिक तथा राजनीतिक प्रतिवेदन (दस्तावेज) पेस गरेका छन् ।

सोही दस्तावेजमाथिको छलफलका लागि देशभरबाट सहभागी करिब १७ सय प्रतिनिधिमध्येबाट २५ वटा समूह निर्माण गरिएको हो । सो समूहले प्रतिवेदनमाथि छललफल गर्ने छ ।

प्रदेशगत रूपमा समूह विभाजन गरी संयोजक र ठाउँहरू तोकिएको छ । महाधिवेशनस्थल प्रज्ञा भवनका विभिन्न हलसहित पार्टी कार्यालय र पार्टी प्यालेसमा समेत बसेर समूहहरूले प्रतिवेदनमाथि छलफल गर्दैछन् ।

समूहगत छलफलका लागि बनाइएको २५ समूहका लागि स्थान र समूहको समन्वय गर्ने जिम्मेवारी 

समूह १
सहभागी : ज्येष्ठ कम्युनिस्ट मञ्च
समन्वयको जिम्मेवारी : एनके प्रसाईं

समूह २ र ३
सहभागी : सल्लाहकारहरू
समन्वयको जिम्मेवारी : नन्दकुमार थापा

समूह ४ र ५
सहभागी : प्रदेश १ का प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : हर्क नेम्वाङ

समूह ६ र ७
सहभागी : प्रदेश २ का प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : गणेश साह

समूह ८ र ९
सहभागी : लुम्बिनी प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : चक्रपाणि खनाल

समूह १० र ११
सहभागी : गण्डकी प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : गायत्री गुरुङ

समूह १२
सहभागी : प्रवास प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : लक्ष्मण पन्त

समूह १३ र १४
सहभागी : कर्णाली प्रदेशका प्रतिनिधिहरू
संयोजन गर्ने जिम्मेवारी : विमला केसी

समूह १५ र १६
सहभागी : सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : खगराज भट्ट

समूह १७ र १८
सहभागी : सम्पूर्ण विभागका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मवारी : मायाप्रसाद शर्मा

समूह १९
सहभागी : उपत्यका विशेष प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : जगत सिंखडा

समूह २० र २१
सहभागी : सम्पर्क समन्वय प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : कृष्ण अधिकारी

समूह २२ र २३
सहभागी : बागमती प्रदेशका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : सरल सहयात्री

समूह २४
सहभागी : आयोगका सदस्यहरू
समन्वय गर्ने जिम्मेवारी : विष्णुपुकार श्रेष्ठ

समूह २५
सहभागी : जनवर्गीय संगठन र मोर्चाका इन्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू
समन्वय गर्ने जिम्मेवारी : अमृता थापामगर