१९ कार्तिक २०८३, बिहिबार

थप २७१ जनामा पुष्टि, २२५ निको, एक करोड बढीले लगाए पूर्ण खोप

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ पुस । नेपालमा पछिल्लो २४ घण्टामा २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा २७१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार ९ हजार १५७ र एन्टिजेन विधिबाट १ हजार ९२७ एन्टिजेन परीक्षण गरिएकोमा २७१ जनामा संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ९ लाख २३ हजार ६७३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २२५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख ११ हजार ५ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९३१ जना रहेको छ ।

हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् । आज मात्रै एकै दिन ५ लाख बढीले खोप लगाएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।