१९ कार्तिक २०८३, बिहिबार

एमाले प्युठानका नवनिर्वाचित पदाधिकारीहरुको प्रशिक्षण सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । नेकपा एमालेले प्युठानका नवनिर्वाचित कमिटीका पदाधिकारीहरूलाई प्रशिक्षण दिएको छ ।

जिल्लाका ९ वटा पालिका र ६४ वडामा गत कात्तिक ६ र ९ गते भएकाे अधिवेशनबाट निर्वाचित पदाधिकारीहरूलाई जिल्लास्तरीय प्रशिक्षण दिइएकाे हाे ।

पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको सन्देश पालिका तथा वडा तहसम्म पुर्याउने उद्देश्यका साथ आयोजित कार्यक्रममा पार्टी स्थायी कमिटीका सदस्य मणिचन्द्र थापा, पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज सूर्य थापा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज हरि रिजाल र जिल्ला पार्टी अध्यक्ष तुल्सीराम शर्माले समसामयिक विषयमा प्रशिक्षण दिएका छन् ।

जिल्ला पार्टी उपाध्यक्ष हुकुमबहादुर खड्काले स्वागत र सचिव मोहन जिसीले सञ्चालन गरेकाे कार्यक्रम उत्साहजनक रूपमा सफल भएको छ ।