
काठमाडौँ, ११ पुस । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका राजनीतिक दलहरु राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय स्वाभीमान तथा परराष्ट्र मामिलाका विषयमा एक हुनुपर्ने बताएका छन् ।
उनले नेपालका विकास समृद्धि तथा राष्ट्रलाई बलियो बनाउने प्रश्नमा सबै एक हुनुपर्ने बताए ।
आइतबार माओवादी केन्द्रको आठौँ महाधिवेशनमा सम्बोधन गर्दै महासचिव पोखरेलले भने, ‘अधिकारका प्रश्नमा हामी मिल्छौँ, जब समृद्धि र विकासको प्रश्नमा मिल्न नसक्ने भन्दै महासचिव पोखरेलले प्रश्न गरेका छन् । उनले नेकपा एमाले र माओवादी केन्द्रको उद्देश्य फरक हो ? भन्दै प्रश्न गरेका छन् । उनले विकासका लागि सबै दलका लागि साझा धारणा हुनुपर्छ ।’
‘नेपालमा ठूला ठूला पूर्वाधार निर्माण गरौँ । यदि त्यस्तो भयो भने त्यहीँ काँग्रेसले चाहेको पूँजीवाद अटाउँछ भने माओवादीले चाहेको साम्यवाद पनि अटाउँछ’ उनले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भनेका थिए, ‘नेकपाको गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’
एमाले महासचिव पोखरेलले कार्यक्रममा भने, ‘नेपाली वामपन्थी आन्दोलन जुन बाटोमा हिँड्दैछ, त्यो सही बाटोमा हिँड्दैछ त ? हिँड्दै छैन । लक्ष्य उद्देश्य एकातिर छ, कार्यनीतिक प्रश्नमा रहेका मतभेदका कारणले हामी बोल्न छोडेका छौँ । हेर्न छोडेका छौँ । यसप्रकारको चिन्तनले नेपाली समाजको रूपान्तरणको हाम्रो ध्येय पूरा हुन सक्छ ? किमार्थ हुन सक्दैन ।’
पोखरेलले थपे, ‘नयाँ सोच र सङ्कल्पका साथ नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न अगाडि नबढाइकन नेता नेताबीचका अन्तरकलहमा आधारित भएर नीति बनाउने, त्यही नीतिमा पक्षमा बहकिएर पार्टीका मान्यताहरू बनाउने खालका सोचहरूबाट आन्दोलन अगाडि बढ्छ भने यसले राष्ट्र र जनताको हित गर्न सक्दैन भन्ने प्रश्नलाई सबैले मनन गर्न जरुरी छ ।’
पोखरेलले विकासमा मामिलामा पनि राजनीतिक एकता औँल्याउँदै प्रश्न गरे, ‘अधिकारका मामिलामा हामी क्रान्तिका नायक, क्रान्तिका च्याम्पियन त हुन्छौँ, तर कर्तव्यको मामिलामा, राष्ट्रको समृद्धिका मामिलामा हामीले हाम्रो कर्तव्यलाई कुन रूपमा पूरा गर्न सक्यौँ ?’












प्रतिक्रिया