१९ कार्तिक २०८३, बिहिबार

माओवादीको केन्द्रीय समितिको आकार बढाउने प्रचण्डको प्रस्ताव

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले महाधिवेशनबाट केन्द्रीय समितिको आकार बढाउने प्रस्ताव गरेका हुन् ।

बैठकपछि प्रतिक्रिया दिँदै प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय कमिटीको आकार बढ्ने बताए ।

हाल पार्टीको विधानले केन्द्रीय कमिटी सदस्यको संख्या २९९ हुने भनिएको छ । तर अब भने कमिटीको आकार बढाउने प्रस्ताव गरिएको छ ।