
तुलसीपुर, ११ पुस । तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले गौरवका प्रतीकका रुपमा रहेका ज्येष्ठ नागरिकको सबैले सम्मान गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना दिँदै नगर प्रमुख पाण्डेले ज्येष्ठ नागरिकलाई घर, परिवार एवम् समाजबाट आदर, सम्मान र संरक्षण सुनिश्चित गर्न सके मात्र नाराले सार्थकता पाउने बताएका हुन् ।
सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ताका साथै सार्वजनिक गाडीमा आरक्षण, भाडामा ५० प्रतिशत छुट, स्वास्थ्योपचारमा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिक परिचयपत्रको व्यवस्था, सरकारी सेवा लिँदा लाइनमा बस्नु नपर्ने लगायतका सहुलियत र सुविधाको व्यवस्था गरेपनि थप प्रभावकारी कार्यान्वयनमा सबैको सहयोग र साथको आवश्यक पर्ने उनको भनाइ छ ।
कम्युनिष्ट नेता स्वर्गीय मनमोहन अधिकारी प्रधानमन्त्री भएका बेला २०५१ साल पुस ११ गतेदेखि ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाका भत्ताका रुपमा एक सय रुपैयाँ प्रदान गर्न थालिएको थियो ।















प्रतिक्रिया