
काठमाडौं, ११ पुस । बंगलादेशमा जारी एभीसी एसियन सेन्ट्रल जोन भलिबलअन्तर्गत महिलातर्फ नेपालले बलियो मानिएको टीम उज्वेकिस्तानसँग खेल्दैछ ।
खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ । अपराजित रहेको दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा कोर्टमा उत्रने छ । दुवै टोलीले समान तीन खेल जितेका छन् । समान तीन खेल जिते पनि नेपालले श्रीलंकासँग एक अंक गुमाउन पुगेको थियो ।
शीर्षस्थानको उज्वेकिस्तानको ९ तथा नेपालको ८ अंक छ । यस्तोमा जित हात पार्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले लिग चरणको अन्तिम खेलको नतिजा कुर्नुपर्ने हुन्छ ।
यस्तोमा साविक विजेता नेपाल बलियो उज्वेकिस्तानलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गर्न चहान्छ । टोलीसँग प्रतिभा माली, सरस्वती चौधरी, कप्तान अरुणा शाही, सुनिता खड्का, उषा भण्डारी, साफिया पुन र सलिना श्रेष्ठलगायतको खेलाडीको साथ रहेको छ ।
यस्तै कामना विष्ट, शान्ति थारु, कृपा अधिकारी, मनिषा श्रेष्ठ र लक्ष्मी चन्द पनि टोलीमा छन् ।















प्रतिक्रिया