
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अहिले केहीबेरमा बस्दै छ ।
पहिलो राष्ट्रिय सम्मेलनको उ्घाटनअघि पार्टीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठकले यसअघि घोषणा गरिएको राष्ट्रिय सम्मेलनलाई पार्टीको आठौं महाधिवेशनमा परिणत गर्ने स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने बताइएको छ ।
राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न आज आइतबार बिहान ८ बजे केन्द्रीय कमिटी बैठक बोलाइएको माओवादी केन्द्रले बताएको छ । माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको थियो ।
माओवादी केन्द्रको आठौंं महाधिवेशन आजदेखि काठमाडौंमा शुरू हुँदैछ । आठौं महाधिवेशनको आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन हुने छ ।
यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौंं महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको पार्टीको भनाइ छ ।
महाधिवेशनका लागि देशभरका प्रतिनिधि काठमाडौं आइसकेका छन् । सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् ।















प्रतिक्रिया