
काठमाडौं, ११ पुस । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आजदेखि काठमाडौंमा शुरू हुँदैछ ।
आठौं महाधिवेशनको आज दिउँसो १ बजे कमलादीस्थित प्रज्ञा भवनमा उद्घाटन हुने छ । यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै माओवादी केन्द्रले सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौं महाधिवेशनका रूपमा सम्पन्न गर्न लागेको बताएको छ ।
माओवादी स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई शनिबारमात्रै महाधिवेशनमा रूपान्तरण गरेको हो । महाधिवेशनका लागि देशभरका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
महाधिवेशनमा रुपान्तरण गर्ने निर्णयलाई अनुमोदन गर्न आज आइतबार बिहान ८ बजे केन्द्रीय समिति बैठक बस्ने बताइएको छ ।सम्मेलनमा १६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । जसमा १४८ जना अध्यक्ष पुष्पकमल दाहालले मनोनित गरेका छन् ।















प्रतिक्रिया