१ कार्तिक २०८३, आइतबार

मनाङलाई पराजित गर्दै मछिन्द्र शीर्षस्थानमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० पुस । मछिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० ले पराजित गरेको छ ।

शनिबार भएको खेलमा सुनिल बलले इन्जुरी टाइममा गोल गरेपछि मछिन्द्रले शीर्ष स्थानको मनाङ मर्स्याङ्दी हराएको हो ।

सुनिलले फ्रिकिकमार्फत गोल गरेका थिए । यो जितसँगै मछिन्द्र अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

जितपछि मछिन्द्र ६ खेलबाट १४ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ ।