
काठमाडौँ, १० पुस । नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा १६७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ४ हजार २८३ र एन्टिजेन विधिबाट २ हजार १६४ एन्टिजेन परीक्षण गरिएकोमा १६७ जनामा संक्रमण देखिएको हो ।
यससँगै कुल संक्रमितको संख्या ९ लाख २३ हजार १८३ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा २२६ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ८ लाख १० हजार ४९७ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७८ जना रहेको छ ।
हालसम्म करिब एक करोडले कोरोनाविरुद्धको पूर्ण खोप लगाइसकेका छन् ।
२४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ५८३ जना पुगेको मन्त्रालयले जनाएको छ ।












प्रतिक्रिया