महेन्द्रनगर, २ वैशाख । कञ्चनपुरमा सय भन्दा बढी सामुदायिक विद्यालयले अंग्रेजी भाषाको शिक्षा अध्ययन गराउँदै आएका छन् ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका अनुसार अन्र्तराष्ट्रिय स्तरमा अंग्रेजी भाषाको महत्व बढ्दै गएकाले सामुदायिक विद्यालयमा अंग्रेजी भाषाको शिक्षा लागू गरेको जनाएको छ ।
सय भन्दा बढी सामुदायिक विद्यालयले अंगे्रजी भाषाको माध्यम अध्ययन अध्यापन गराएपछि कञ्चनपुरको दक्षिणी क्षेत्र स्थित बेल्डाँडीमा रहेको सरस्वती माध्यामिक विद्यालयमा अंगे्रजी भाषाको माध्यमबाट पठन पाठन सुरु गरिएको छ ।
चालु शैक्षिक सत्र २०७२ देखि कक्षा नर्सरी देखि ३ सम्म अंग्रेजी भाषामा पठन पाठन गराईने विद्यालयका प्राध्यानाध्यापक विष्णू सिंह भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार अंग्रेजी भाषा नजानेकै कारण अन्र्तराष्ट्रिय जगतमा नेपाली विद्यार्थीहरुलाई समस्या भएकाले अंग्रेजी भाषा विद्यार्थीहरुलाई सिकाउन विद्यालयले यस्तो योजना अघि सारेको हो ।
ग्रामिण क्षेत्रमा अधिकाँस विपन्न समुदायको बसोबास भएकाले उक्त क्षेत्रका बालबालिकाहरुलाई पनि सहजै सामुदायिक विद्यालयमै सो सुविधा दिन समेत अंग्रेजी भाषाका माध्यम बाट पठन पाठन गराउन लागिएको जानकारी दिनुभयो ।
सामुदायिक विद्यालयमा अंग्रेजीकै कारण विद्यार्थीहरु घटिरहेका बेला सामुदायिक विद्यालयमा विद्यार्थीहरुको आकर्षण र चाहना पुरा गर्न समेत अंग्रेजी भाषाको पठन पाठनले सहयोग गर्ने प्रअ भण्डारीको भनाई छ ।
जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका स्रोत व्यक्ति शेरसिंह विष्टले अंग्रेजी भाषाको विश्वव्यापीकरण भईरहेका बेलामा ग्रामिण क्षेत्रका साुमदायिक विद्यालयको अंग्रेजी भाषाका माध्यमबाट कक्षा सञ्चालन गर्नु सह्रानिय कार्य भएको बताउनुभयो ।
नेपालमा सरकारी विद्यालयको सिगो निजीले गर्नुको साटो सरकारीले निजीको सिगो गर्नु दुखत कुरा भएको बताउदै, अंग्रेजी भाषामा पठन पाठन गर्दा विद्यार्थीहरुलाई लाभ हुने बताए । विष्टले सो विद्यालयलाई अंग्रेजी भाषा खुल्नुका साथै पठन पाठनमा मेहनत गर्न समेत सुझाव दिएका छन् । ‘अंग्रेजी भाषा खोरेर मात्रै हुँदन पठन पाठन राम्रो गर्नुपर्छ ।’, उनले भने ।
सामुदायिक विद्यालयमा विद्यार्थीहरुको संख्या घटिरहेका बेला अंग्रेजी माध्यम बाट पढाई हुँदा विद्यार्थीहरुको संख्यामा समेत बृद्धि हुने उनको भनाई छ । विस २०४८ सालमा स्थापना भएको विद्यालयमा सात सय बढी विद्यार्थीहरु अध्ययनरत छन् ।
जिल्ला शिक्षा कार्यालयका अनुसार कञ्चनपुरका अनुसार जिल्लाभरीमा सय भन्दा बढी सामुदायिक विद्यालयले अंग्रेजी भाषामा अध्ययन गराउँछन् ।















प्रतिक्रिया