९ कार्तिक २०८३, सोमबार

जालपाश्वरी माविका विद्यार्थीलाई व्यक्तिगत सहयोगमा ज्याकेट वितरण

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दोलखा, १० पुस । दोलखाको कालिञ्चोक गाउँपालिका–२ बाबरेमा अवस्थित जालपाश्वरी माध्यमिक विद्यालयका सम्पूर्ण विद्यार्थीलाई जाडोबाट जोगाउन ज्याकेट वितरण गरिएको छ ।

नेकपा (एमाले) कालिञ्चोक गाउँपालिका सम्पर्क मञ्चका अध्यक्ष तथा काठमाडौंस्थि डिलाइट सेक्युरेटी सर्भिसका सञ्चालक समेत रहेका अर्जुन बुढाथोकीले व्यक्तिगत सहयोगमा विद्यार्थीहरूलाई ज्याकेट वितरण गरेका हुन् ।

बिहीबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमकाबीच बुढाथोकीले कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीहरूलाई ज्याकेट हस्तान्तरण गरेका हुन् । जालपाश्वरी माविमा १५२ जना  छात्र–छात्रा अध्ययनरत छन् ।

ज्याकेट वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण पाण्डे, सिन्धुली निवासी व्यवसायी लालु बैजु, युवा नेता राजकुमार पाण्डे, स्थानीय बुद्धीजिवीलगायत सरोकारवालाहरूको उपस्थिति थियो ।

विगतका वर्षहरूको तुलनामा यो वर्ष बढी नै चिसो भएको तथा चिसोका कारण बालबालिका विद्यालय जानबाट वञ्चित नहोउन् भन्ने उद्देश्यका साथ आफूले व्यक्तिगत खर्चमै भए पनि ज्याकेट वितरण गरेको समाजसेवी बुढाथोकीको भनाइ छ । आफू जन्मेहुर्केको ठाउँमा थोरै भए पनि योगदान गर्न पाएकोमा उनले खुशी व्यक्त गरेका छन् ।

आफ्नो योगदानलाई सहर्ष स्वीकार गर्ने विद्यालय व्यवस्थापन समिति, विद्यालय परिवार र सम्पूर्ण शिक्षक–विद्यार्थीहरूमा बुढाथोकीले धन्यवाद ज्ञापन गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरेका छन् ।