
धरान, १० पुस । गीतकार तथा संगीतकार उमेश रेग्मीले भारतीय गायिका सञ्जीवनीको आवाजमा रहेको नयाँ गीत ‘प्रिय तिम्रो तस्वीर कोर्न लाग्छ’ आफ्नो युट्युब च्यानल गोत्र इन्टरटेनमेन्ट मार्फत सार्वजनिक गरेका छन् ।
पुरानो हुदैंन माया, डाँडा पाखा छहाराले, पानी मिठो मेरो हजुर जस्ता सदाबहार नेपाली गीतकी गायिका सञ्जीवनीको नयाँ नेपाली गीत लामो समयको अन्तरालमा सार्वजनिक भएको हो।
गीतकार तथा संगीतकार उमेश रेग्मीको भावलाई गायिका सञ्जीवनीले आफ्नो आवाजको जादुले अझ कर्णप्रिय तुल्याएकी छिन् । उनको पुरानो गीतहरु झैँ यो गीत पनि युगौंयुगसम्म सुनिने गीतहरुको श्रेणीमा पुग्ने विश्वास लिइएको छ ।
देबेन्द्र नेवाको संगीत संयोजन रहेको गीतकार तथा संगीतकार उमेश रेग्मीको यो गीत उनको उत्कृष्ट सृजना बन्न पुगेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गरिएको गीतको भिडियोको निर्देशन सोनम पाख्रिन, छायाँकन बुद्ध थापा, सम्पादन सुशील न्यौपानेले गरेका छन् भने स्मृति श्रेष्ठ र कमल सिंहको अभिनय भिडियोमा हेर्न सकिन्छ ।















प्रतिक्रिया