९ कार्तिक २०८३, सोमबार

ओमिक्रोन सक्रिय रहेकाले सुरक्षित भएर क्रिसमस मनाउन प्रधानमन्त्रीको आग्रह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० पुस । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि सक्रिय रहेकाले सुरक्षित भएर क्रिसमस मनाउन आग्रह गरेका छन् ।

ओमिक्रोन संक्रमणका सम्बन्धमा विश्व स्वास्थ्य संगठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक क्रिसमस पर्व मनाउन प्रधानमन्त्री देउवाले सबैमा अनुरोध गरेका हुन् ।

प्रधानमन्त्री देउवाले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना समेत वयक्त गरे ।

उनले शुभकामना सन्देशमार्फत भनेका छन्, ‘हाम्रा चाडपर्व र संस्कृति राष्ट्रिय एकता, पारस्परिक सद्भाव र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणका लागि महत्वपूर्ण रहँदै आएको छ । क्रिसमसले सबै नेपालीबीच एक आपसमा विश्वास र बन्धुत्वको भावना कायम राख्न प्रेरणा प्रदान गरोस् ।’

नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको मुलुक भएको र जातीय, भाषिक, सांस्कृतिक तथा धार्मिक विविधता नेपालका लागि मात्र नभई विश्व समुदायकै लागि एक महत्वपूर्ण पूँजी रहँदै आएको शुभकामना सन्देशमा उल्लेख छ ।