२९ आश्विन २०८३, बिहिबार

अपहरणकारीको कब्जाबाट उम्किन सफल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sapसप्तरी । तीन दिनअघि भारतको बिहार राज्यअन्तर्गत सुपौल जिल्लाको बेला मझारीबाट अपहरणमा पर्नुभएका सप्तरीका एक युवक अपहरणकारीको कब्जाबाट उम्किन सफल हुनुभएको छ ।

सप्तरी छिन्नमस्ता गाविसबाट जन्ती जानुभएका सप्तरी बेल्ही चपेना गाविस–७ छातापुर निवासी हरिनारायण साहले आफू गोविन्दपुर टोलबाट गत सोमबार साँझ अपहरणमा परेकामा  शौच गर्न जाने बहानामा उम्किन सफल भएको राजविराजमा आज आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

“अपहरणकारीले शारीरिक र मानसिक यातना दिनुका साथै आफूसँग रु एक करोड फिरौती मागेको धम्की दिँदै नदिए मारेर फ्याँलिदिने धम्की दिएर तर्साउने गरेका थिए ।” उहाँले भन्नुभयो ।

भागेर भारतीय प्रहरीको सम्पर्कमा आएको र बुधबार भारतीय प्रहरीकै सहयोगमा आफू घरसम्म आइपुगेको साहको कथन थियो ।

आफूलाई अपहरण गर्ने समूहमा संलग्न रहेको आरोपमा भारतीय प्रहरीले पिपराखुद निवासी उमेश मेहतालाई पक्राउ गरिसकेको र सोही ठाउँका अशोक मेहता र जोगेन्द्र यादवलाई खोजी गरिरहेको साहले जानकारी दिनुभयो ।

उहाँले अपहरणकारीले आफूसँग रहेको रु १० हजार नेपाली र दुई हजार भारु, एक तोला सुनको सिक्री तथा एक थान मोबाइल लुटेको पनि बताउनुभयो ।