
काठमाडौं, ९ पुस । नेपाली कथानक चलचित्र ‘आकाशे खेती’को फस्र्ट लुक्स राजधानीमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।
एसएस इन्टरनेशनलको प्रस्तुतिमा रहेको हास्य प्रधान कथामा तयार पारिएको चलचित्रमा सामाजिक परिवेशलाई हास्य प्रधानरुपमा समेटिएको चलचित्र फागुन २७ गते प्रर्दशन गरिने निर्देशक उदय सुब्बाले जानकारी दिए ।
चलचित्रमा विकाश चौधरी र बादल लिम्बुको सङ्गीत रहेको छ । उदय सुब्वाको निर्देशन रहेको यो चलचित्रमा विल्सन विक्रम राई ‘तोक्मे बुढा’, गौरव पहाडी, निता ढुङ्गाना ,कृषा गुरुङ, शिशिर वाङदेल, बुद्धि तामाङ, रवीन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्माको अभिनय समावेश छ ।
राजु किरातीको द्वन्द्व, सुजन बडाल सम्पादन, विक्रम डिसीको छायाँकन, रामजी लामिछाने र राजिव सिंहको नृत्य निर्देशन रहेको चलचित्रमा छ । चलचित्रमा समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा प्रस्तुत गरिएको छ ।















प्रतिक्रिया