
काठमाडौं, ९ पुस । प्रधान सेनापति प्रभुराम शर्माले उपत्यका हेडक्वार्टर र १ नं. बाहिनी अड्डानको निरीक्षण भ्रमण गरेका छन् ।
हिजो बिहीबार प्रधानसेनापति शर्माले नारायणहिटीस्थित श्री उपत्यका कमाण्ड हेडक्वार्टर तथा तथा बालाजुस्थित श्री नं. १ बाहिनी अड्डानको निरीक्षण भ्रमण गरेका हुन् ।
भ्रमणको क्रममा उनले कमाण्ड हेडक्वार्टर तथा बाहिनी अड्डाको वस्तुस्थिति प्रतिवेदन, अन्तर्गत फौजको तैनाथीको वर्तमान अवस्था तथा सञ्चालन भइरहेको सामुहिक तालिम लगायत विषयहरुमा जानकारी लिएका छन् ।
साथै, भ्रमणको क्रममा शर्माले कमाण्ड हेडक्वार्टर तथा बाहिनी अड्डारलाई विभिन्न विषयमा निर्देशन समेत दिएका छन् ।















प्रतिक्रिया