९ कार्तिक २०८३, सोमबार

‘राप्रपा अब भरपर्दो विकल्पका रुपमा जनतामाझ स्थापित हुन्छ’

756
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाँचथर, ९ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता सगुन सुन्दर लावतीले ऊर्जाशील युवा नेतृत्वको बलमा राप्रपा अब भरपर्दो विकल्पको रुपमा जनतामाझ स्थापित हुने बताए ।

‘राप्रपाले नयाँ, युवा नेतृत्व प्राप्त गरे लगत्तै पार्टीको पक्षमा लहर सिर्जना भएको छ । वास्तवमा राप्रपा चर्चाको केन्द्रबिन्दूमा छ । नयाँ राप्रपाले केही गर्छ भन्ने जनअपेक्षा छ, उनले भने, ‘यही लहर र ऊर्जाको बलमा राप्रपा जनतमाझ स्थापित हुनेछ ।’

‘दुई सय वर्षभन्दा बढी समय सम्पन्न प्रजातान्त्रिक अभ्यासले सम्वर्द्धनवाद उत्कृष्ट राजनीतिक दर्शन रहेको स्थापित गरेको छ,’ कुम्मायक गाउँपालिका स्तरीय भेलालाई सम्बोधन गर्दै लावतीले भने ।

‘अठारौं शताब्दीको अन्त्यतिर फ्रान्स र बेलायतमा बिजारोपण भएको यो दर्शन मूलतः राजसंस्था, धर्म, संसदीय प्रजातन्त्र र नीजि सम्पत्तिको सम्वर्द्धन, प्रवर्द्धनमा आधारित छ । विश्वका उन्नत प्रजातन्त्र, समृद्ध, समावेशी समाजहरु राजा सहितको प्रजातन्त्र अनुकूल व्यवस्थामा अभ्यस्त छ,’ उनले भने ।

पछिल्लो समय नेपालमा धर्म, सँस्कृति, परम्परा, सम्पदा नास्ने गलत कार्य भएको भन्दै नेता लावतीले यस्तो विचार प्रस्तुत गरेका हुन् । आयातित विचार र सँस्कारले देशलाई भड्खालोमा हाल्यो भन्ने उनको भनाइ थियो ।

सम्बोधनकै क्रममा आन्तरिक प्रतिस्पर्धा महाधिवेशनसँगै अन्त्य भएको बताउँदै लावतीले एक ढिक्का भएर जनसम्पर्क र जनपरीचालनमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् ।