९ कार्तिक २०८३, सोमबार

नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्णप्रसाद यादव विजयी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा, ९ पुस । नेपाली कांग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।

सभापति देउवा पक्षका उम्मेदवार यादवले ९९६ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी रामसरोज यादवले ८५५ मत प्राप्त गरे ।

रामसरोज यादव विमलेन्द्र निधि र शेखर कोइराला समूहका हुन् । उनी प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्रीसमेत हुन् । महाधिवेशनपछि सभापति देउवाविरुद्ध निधि र कोइरालाले गठबन्धन बनाएका थिए ।