
काठमाडौं, ९ पुस । गायक कृष्ण अखेली र गायिका वर्षा श्रेष्ठको लोकदोहोरी गीत ‘कि विर्सिन लाऊर’ म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ ।
गायक गायिका स्वयम्को स्वरमा सजिएको गीतको शब्द तथा रचना अखेली र श्रेष्ठले नै गरेका हुन् । ईश्वर सिंहको संगीत रहेको गीतमा कृष्ण बीके (भाञ्जा) को एरेञ्ज रहेको छ भने मिक्सिङ एण्ड मास्टरिङ कमार रानाले गरेका छन् ।
मारुनी डिजिटलमार्फत खुमन र राना र सुनम रानाले गीत रेकर्डिङ गरेका हुन् । विजय पन र जना गुरुङले अभिनय गरेको यो गीतको म्यूजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन तथा प्रशान्त मगरले सहायक निर्देशन गरेका छन् । दुर्गा पौडेलको सिनेम्याटोग्राफीमा रहेको यो गीतको म्यूजिक भिडियोलाई नवीन घर्तीमगरले सम्पादन गरेका छन् ।
भिडियोलाई गायक कृष्ण अखेलीको आधिकारिक यूट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । थैलामा बाँधेर, कम्मरमा कसेर, मोहोरका सिक्काहरू बोकेर वल्लो गाउँ र पल्लो गाउँका बयोवृद्धा, युवायवती र केटाकेटीहरू बटौली गएको, मोहोर मानाको घ्यूसंग नून र मट्टीतेल साटासाट गरेको, बटौलीबाट फर्किदा झमक्क अध्यारो भएको र सो समूहमध्ये केही जोडी प्रेम सम्बन्धमा बाँधिएको पुरानो कथाहरूको प्रसङ्गलाई गीतमा उतारिएको छ ।
हेर्नुहोस् भिडियो-















प्रतिक्रिया