१९ कार्तिक २०८३, बिहिबार

त्रिविले खुला प्रतिस्पर्धाको परीक्षा राेकेकाे विराेधमा सर्वोच्चमा रिट दायर

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ पुस । त्रिभुवन विश्वविद्यालयले खुला प्रतिस्पर्धालाई रोकेको भन्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।

त्रिविको उपप्राध्यापक पदको लिखित परीक्षा सञ्चालनको माग गर्दै रिट दायर भएको हो ।

त्रिवि सेवा आयोगले २०७७ फागुन ९ गते दरखास्त आह्वान गरेको उपप्राध्यापक पदको परीक्षा स्थगित गरेपछि दरखास्त भरेका परीक्षार्थी रमेश विष्ट र मनिता खत्रीले बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

गत साउनदेखि लिखित परीक्षाबाट पदपूर्ति गर्नुपर्नेमा त्रिविले परीक्षा स्थगित गर्दै करारमा कर्मचारी राख्न लागेको विरोधमा सर्वोच्चमा रिट निवेदन परेको हो ।