४ कार्तिक २०८३, बुधबार

जुजुभाइले जिब्रो छेड्दा उनकी श्रीमती पूर्णकेशरीको मन दुख्छ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dWok'/ lyldsf] afns'df/Ldf l;Gb'/ hfqf dgfpFb} :yfgLo afl;Gbf . tl:a/ M /d]z lu/L, eQmk'/, /f;;भक्तपुर, २ वैशाख । परापूर्वकालदेखि निरन्तर रुपमा चल्दै आएको थिमी बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न पाँचो गणेशको दक्षिण फर्केको पाटीअगाडि हजारौँको भीड तँछाडमछाड गरिरहेको हुन्छ ।

पाटीमा बनाइएको मञ्चमा त्यही भीडलाई देखाएर १० इन्च लामो र मोटो फलामको सियो ३६ वर्षका जुजुभाइको जिब्रोमा छेडिँदा यता घरमै बसेकी पूर्ण केशरीलाई भने दुखिरहन्छ । परम्परा जोगाउन २०६५ सालदेखि जिब्रो छेड्न थालेका जुजुभाइको २०६८ मङ्सिरमा थिमी भुलाखेलकै पूर्ण केशरीसँग विवाह भएपछि भने उनलाई यस्तो भएको हो ।

पूर्णकेशरी भन्नुहुन्छ, “विवाहअघिसम्म जिब्रो छेड्दा कस्तो होला भन्ने कौतुहलता मात्रै हुन्थ्यो तर जिब्रो छेड्ने व्यक्तिसँगै बिहे भएपछि भने प्रत्येक वैशाख २ गते जिब्रो छेडेर उहाँ घर नआएसम्म मलाई दुखिरहन्छ ।” जब चैत महिना सुरु हुन्छ, तब जुजुभाइलाई भन्दा बढी चिन्ता लाग्छ पूर्ण केशरीलाई । “मलाई चैत लागेदेखि नै चिन्ताले सताइरहन्छ, अब जिब्रो नछेड्नुस् भनेर कति भने, तर उहाँ मान्नु हुन्न ।”

जिब्रो छेडेर वरिपरि महाद्वीप बलेको ठूलो गोलाकारको भ्वायः बोकेर जुजुभाइ करिब पौने एक घन्टासम्म बोडेको चोकचोक, गल्लीगल्ली घुमिरहँदा उनलाई भने घरमा बालेको सुकुन्दा निभ्छ कि भन्ने चिन्ताले सताइरहन्छ ।

पूर्णकेशरी भन्नुहुन्छ, “घरभरि पाहुना हुन्छन्, पाहुनालाई भोज खुवाउनुपर्छ, फेरि घरमा सुकुन्दा बालिएको हुन्छ, उहाँ जात्रा सकेर नफर्केसम्म त्यो सुकुन्दा निभ्छ कि भन्ने डर पनि लागिरहन्छ, त्यो सुकुन्दा निभ्नु हँुदैन भन्ने भनाइ छ ।

जिब्रो छेडेको टेलिभिजन र फोटोमै हेरेर चित्त बुझाउने गरेको पूर्णकेशरीलाई जब जात्रा सिध्याएर सकुशल जुजुभाइ घर फर्कन्छन्, तब सबभन्दा धेरै आनन्द लाग्छ ।

उहाँ भन्नुहुन्छ, “साँच्चै नै कताकता दुखिरहन्छ, जिब्रो छेडेर टोलटोल घुम्दा जुजुभाइकी जय भनेको आवाज सुन्दा पनि मन पिरोलिरहन्छ, जब जात्रा सकेर घर फर्कनुहुन्छ, त्यसपछि मात्र आनन्द लाग्छ ।” रासस