
काठमाडौं, ८ पुस । अन्तर्राष्ट्रिय मैथिली सम्मेलनले समाजसेवी तथा इन्जिनीयर भगवान झालाई ‘मिथिला रत्न’ पदकबाट सम्मान गरेको छ ।
मैथिली अधिकार दिवसको अवसरमा हिजो बुधबार शुरू भएको दुई दिवसीय अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको अवसरमा मिथिला संस्कृतिको संरक्षण र प्रर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै झालाई उक्त पदकबाट सम्मान गरिएको बताइएको छ ।
सम्मान प्राप्त गरेपछि झाले विगत लामो समयदेखि आफूले निस्वार्थ भावले मिथिला संस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका लागि काम गरेको सुनाए । उनले भने, ‘यो किसिमको अन्तर्राष्ट्रिय सम्मान पाउनु नेपाल र नेपालीको लागि पनि खुशीको कुरा हो । आगामी दिनमा अझै सक्रियताका साथ मिथिला संस्कृतिको रक्षाको लागि काम गर्न मलाई यसले प्रेरणा मिल्ने विश्वास लिएको छु ।’
निःस्वार्थ भावले कुनै पनि काममा लाग्दाखेरि कहीँ न कतैबाट त्यसको उचित मूल्याङ्कन हुने कुरा सम्मेलनले आफूलाई गरेको सम्मानले पनि पुष्टि भएको उनको भनाइ छ । झा मैथिल ब्रम्हाण महासभा, नेपालका अध्यक्ष पनि हुन् । झालाई उक्त पदकबाट सम्मान गर्न पाएकोमा आयोजक समितिले पनि गौरवको अनुभव गरेको छ ।















प्रतिक्रिया