
काठमाडौँ, ७ पुस । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक शनिबार आह्वान गरिएको छ ।
बैठक पार्टी कार्यालय सानेपामा पुस १० गतेका लागि बोलाइएको जनाइएको छ ।
यता महाधिवेशनबाट हालसम्म पदाधिकारीसहित ९७ जनाको नजिता आएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार बिहीबार १ बजेसम्म सबै पदको मतगणना सक्ने र ९ गते प्रमाणपत्र वितरण गर्न तयारी भइरहेको छ । त्यस्तै बाँकी ३७ जनाको मतगणना जारी रहेको बताइएको छ ।












प्रतिक्रिया