
काठमाडौं, ७ पुस । न्याय सेवा आयोगको बैठक स्थगित भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बुधबार दिउँसो ३ बजेका लागि बोलाएको बैठक स्थगित भएको हो ।
न्याय परिषद सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बुधबार विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जनाएका हुन् ।
लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी उपत्यका बाहिर भएका कारण बैठक स्थगित भएको कार्कीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।












प्रतिक्रिया