१९ कार्तिक २०८३, बिहिबार

चितवनमा करेन्ट लगाएर गैंडा मारिएको पुष्टि

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ पुस । चितवनमा गत मंसिर २७ गते मृत भेटिएको गैंडालाई करेन्ट लगाएर मारिएको खुलासा भएको छ ।

भरतपुर महानगरपालिका वडा नं. १६ मा मृत फेला परेको गैंडालाई करेन्ट लगाएर मारिएको पुष्टि भएको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।

सिद्धिगणेश सामुदायिक वन, विजयनगरस्थित गणेश मन्दिर जानेबाटो नजिक छेउको तोरी र जैघाँस भएको खेतमा गैंडा मृत भेटिएको थियो ।

तोरी र जैघाँस भएको ठाँउमा गैंडा चर्न पुग्दा त्यो ठाँउमा छाडिएको करेन्ट लागेर गैंडा घटनास्थलमा नै मरेको कार्यालयले जनाएको छ ।

विषाक्त घाँसका कारण गैंडाको मृत्यु भएको भनिए पनि पोस्टमार्टम रिपोर्टले करेन्ट लागेर मरेको पुष्टि भएको हो ।