१९ कार्तिक २०८३, बिहिबार

चितवनमा चितुवा मृत फेला

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ७ पुस । चितवनमा चितुवा मृत फेला परेको छ ।

जिल्लाको रामनगरस्थित सामुदायिक वन क्षेत्रमा चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका अनुसार रुखमा च्यापिएको अवस्थामा ३ वर्षको पोथी चितुवा मृत भेटिएको हो ।

रुखमा घाँटी च्यापिएको अवस्थामा स्थानीय ल्ले देखेपछि खबर गरेका थिए ।

बाघ वा अन्य कुनै चिजलाई देखेपछि भाग्न खोज्दा चितुवा रुखको कापोमा परेको र त्यहाँबाट उम्किन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।