२ कार्तिक २०८३, सोमबार

हट अवतारमा सारा खुशीको ‘जय हो सरकार’ सार्वजनिक (तस्वीर र भिडियोसहित)

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 काठमाडौं, ७ पुस । सारा खुशी र समिर खानको फिचरिङमा रहेको ‘जय हो सरकार’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक गीतमा गायक तथा र्यापर शेखर बगडियाको स्वर रहेको छ । ‘जय हो सरकार’बोलको गीतमा युवा अवस्थामा रहेका युवा युवतीबीचको रोमान्सलाई गीतमा समेटिएको छ ।

यो गीतमा शेखर बगडियाको शब्द तथा सोहन मान्धरको संगीत रहेको छ ।

त्यस्तै ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, अमृत चापागाईँको सम्पादन, श्रृजन बरालको कोरियोग्राफीमा तयार गरिएको गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् ।