
काठमाडौं, ७ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले निरन्तररूपमा अवरोध गर्दै आएको प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ ।
आज बुधबार बस्ने बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यसैगरी आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन), ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ तथा ‘सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश स्वीकृतिका लागि पेस गर्ने सम्भावित कार्यसूचीमा छ ।
मंगलबार पनि प्रतिनिधि सभाको बैठक बसेको थियो । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभामा निरन्तर अवरोध गर्दै आएको छ ।
















प्रतिक्रिया